काठमाडौँ – महिलाको सानो पेटमा रहेका अंगहरूले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनिमा झर्नुलाई आङ खस्नु भनिन्छ । आङ खस्ने समस्याबाट नेपालमा पनि धेरै महिला पीडित छन् । अस्पतालमा आङ खस्ने समस्या लिएर दैनिक धेरै संख्यामा महिला पुग्ने गरेको पाइन्छ ।

कारण सधैँजसो गह्रौँ भारी बोक्नु । असुरक्षित गर्भपतन गराउनु । वंशाणुगत । दक्ष स्वाथ्यकर्मीद्वारा सुत्केरी नगराउनु । सुत्केरी हुँदा पर्याप्त पोषिलो खाना नपुग्नु । सानै उमेरमा विवाह गर्नुका साथै बच्चा जन्माउनु ।

लक्षण दिसा–पिसाब गर्न अप्ठ्यारो हुनु । छिनछिनमा पिसाब लागिरहनु । हिँड्न र काम गर्न अप्ठ्यारो हुनु । बस्दा कठिनाइ महसुस हुनु । यौनसम्पर्क गर्दा कठिनाइ आउनु । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया