राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको ट्रयाक पूरा भएपछि यातायातका साधनहरु नियमित रुपमा गुड्न थालेका छन । कालीगण्डकी करिडोरको असोज ११ गते प्रधानसेनापति राजेन्द्र क्षेत्री र सांसद प्रकास शर्मा पौडेलले उद्घाटन गरेका थिए ।

असार मसान्तमै ट्रयाक खोलिएको भएपछि विभिन्न ठाउँमा सडकको स्तरोन्नती र खोला तथा नदीहरुमा बेलिबृज निर्माण भएसँगै यातायात सुचारु हुन थालेका हो ।

आगामी दुई वर्षभित्र डिपीआर तयार गरी १० मिटर फराकिलो हुने गरी कालोपत्रे प्रकृया अगाडी बढाइएको सांसद प्रकास शर्मा पौडेलले बताए । करिडोर ट्रयाक निर्माण गर्ने काम सेनाले निर्धारीत समय अवधि भित्रै काम पूरा गरेपछि यसैवीच सेनापति क्षेत्रीले गुल्मी र बागलुङको सीमाना पर्ने पालुङखोलामा निर्मित बेलिबृज र जैमिनीघाट स्थित ठेउले खोलामा बनेको बेलिबृजको समेत उद्घाटन गरका छन ।

चीनको कोरला(उपल्लो मुस्ताङ) देखि भारतको सुनौली नाका जोड्ने छोटो दुरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारबाहनमा महत्वपूर्ण मानिन्छ । चीनको कोरला देखि भारतको सुनौली सम्मको ४ सय ३५ कि.मीको यो छोटो दुरिको सडक आयोजना हो । गत असार मसान्तमा करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको थियो ।

चीनको स्वशासित क्षेत्र तिव्वतको कोरला नाका हुँदै म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा,बुटवल हुँदै भारतको कोरला नाका सम्म सिधा यातायात जोडिएको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए । ‘कडा चट्टान र ठुला—ठूला भीर, पहरा फोडेर ट्रयाक खोल्यौँ’ उनले भनेँ, ‘दुई देशको व्यापारमा यो लाईफलाईन हो ।’ असार मसान्तसम्म ट्रयाक खोल्ने भनेको सेनाले एक हप्ता अगाडि नै पुरा गरेको दाबी गरेको छ ।

चीनको कोरलादेखि म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने कालीगण्डकी करिडोर ट्रयाक खुलेपछि बागलुङबाट ४ घण्टामा बुटवल पुग्न सकिने भएको छ । करिडोरको ट्रयाक खोलेको ठाउँमा सडक चक्लाउने, रिटेनिङ वाल उठाउने, कलभर्ट निर्माण गर्ने काम भैरहेको इन्जिनियर भट्टराइले बताए ।

बसाईसराई कम हुने अपेक्षा

करिडोरको ट्रयाक खुलेपछि यस क्षेत्रमा १० लाख ३० हजार जनसंख्याको बसाइसराइ कम हुने, १ लाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफुल लगाई व्यवसाय गर्न सकिने, वार्षिक ४ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्न सकिने तथा ऐतिहासिक स्थानलाई प्रवद्र्धन गरी पर्यटन क्षेत्रको रुपमा विकाश गर्न सकिने सम्भावना रहेको आयोजनाले तथ्यांक निकालेको छ । नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया