नेपालगन्ज : काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन ।

ना ४ ख ८२५५ नंको बस दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अहिले कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया