धादिङ । मंगलबार दिउसो धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित साङकामेष कुमालगाउँमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनको मृत्यु भएको छ ।

गुम्दीबाट धादिङबेसी यात्रु लिएर आउँदै गरेको बा ३ ख ४७८ नम्बरको यात्रु बस दुर्घटना हुँदा घाइते भएका ५४ जना मध्येको १ जनाको ज्यान गएको र ५३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भइ जिल्ला अस्पतालमा उपचार हुन नसकेर काठमाडौं ट्रमा सेन्टरमा रेफर गरिएका गंगाजमुनाम गाउँपालिका– ३ का ५० वर्षीय होम बहादुर घलेको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका घायतेमध्ये २६ जनाको जिल्ला अस्पताल धादिङले ट्रमा सेन्टर काठमाडौंमा रेफर गरेको छ अन्य स्थानीय अस्पतालमा नै उपचार जारी राखीएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ७ को अवस्था गम्भिर रहेको छ ।

तपाईको प्रतिक्रिया