काठमाडौं । एमालेसँग पार्टी एकता गर्न सहमत भएको नेकपा माओवादीले माओवाद र पहिचानको मुद्दा नछाड्ने भएको छ । हालै पार्टी कार्यालय पेरिसडाँडामा हतार – हतार बसेको सचिवालय बैठकमा उपस्थित ४० नेताहरुमध्येका प्रचण्डसँग असन्तुष्ट नेता गोपाल किरातीको आग्रहमा डाकीएको बैठकमा प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने प्रतिवद्धता जनाएका हुन् ।

एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको निर्णयप्रति गोपाल किराती र मातृका यादव असन्तुष्ट रहेकै बेला डाकिएको बैठकमा नेता किरातीले पार्टी अध्यक्षलाई सम्वोधन गर्दा ‘श्री प्रचण्डज्यु’ भनेपछि अर्को दिनको भेटमा प्रचण्डले किरातीलाई छेड हान्दै ‘श्री प्रचण्डका तर्फबाट गुडमर्निङ है’ भन्दै ब्यग्य गरेका थिए ।

त्यसपछि किरातीले श्री भन्नु पछाडीको आशयलाई ब्याख्या गर्दै आफूले आशा र भरोसा गरेको नेता प्रचण्ड नै भएकाले श्री भनेर सम्वोधन गरेको तर्क राखेका थिए । अन्य भेटघाट र बैठकमा भने उनले ‘कामरेड प्रचण्ड’ भनेर सम्बोधन गर्थे । सो अवसरमा प्रचण्डले किरातीले राखेका माग र माओवाद र पहिचानको मुद्दा नछाड्ने प्रतिवद्धता जनाएपछि तत्कालै पार्टीबाट विद्रोह नगर्ने स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया