धादिङ । तिब्र गतिको यात्रुबाहक बस धादिङमा पल्टिँदा ४३ यात्रु घाइते भएका छन् । उत्तरी धादिङको गुम्दीबाट सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ४७८ नम्बरको यात्रुबहाक बस मंगलबार दिउँसो नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कुमालगाउँमा पल्टिँदा घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भीर घाइते भएकामध्ये ६ जनाको थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ । एकै पटक ठूलो संख्यामा बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आएपछि अस्पतालले भुइमै राखेर उपचार गरेको थियो ।

साङकोष तिप्लिङ सडक मार्गमा पर्ने त्यस स्थानमा अत्याधिक गतीका कारण सदरमुकाम नजिकै एउटा सानो मोडबाट बस खेतमा खसेको थियो ।

तपाईको प्रतिक्रिया