एजेन्सी । मानिसले मानिसकै मासु खाएको कल्पना गर्न सक्नुहुन्छ रु उरुग्वेको ओल्ड क्रिश्चियन क्लवको रग्बी फुटबल टोली चिलीको सेन्टियागोमा खेल्नको लागि जाँदै गरेको विमान दुर्घटनापछि बाँचेका खेलाडीले आफ्नै साथीको मासु खाएको रहस्य फेला परेको छ ।

यो घटना हो १३ अक्टोबर १९७२ को । जुन घटना घटेको १३ अक्टोबरमा ४५ वर्ष पुग्दैछ । विमानले टेक अप गरेको केही समयमा नै मौसमका कारण दुर्घटनाग्रस्त बनेको थियो । यो घटनामा २९ जनाको मृत्युपछि बाँचेका अन्य १६ जनाले साथीहरुको मासु साना साना भागमा बाँडेर खाए ।

माइनस ३० डिग्री सेल्सियसको चिसोमा बाँचेर ७२ दिन बिताएका एक यात्रु डा। रोबटरे कानेसाले एक अन्तरवार्तामा भनेका छन् मर्नुभन्दा अब संर्घषमा लागौँ भन्दै हिँडेपछि निरन्तरको संघर्षपछि उनीहरुले विशाल एंडिज पर्वतलाई हराउँदै चिलीको बस्ती भएको क्षेत्रमा पुगे र पुर्नजीवन पाएका थिए ।

तपाईको प्रतिक्रिया