काठमाडौँ । सिक्वेल निकालेर पनि निरन्तर हिट बन्न सफल भएको चलचित्र छक्का पन्जाको अर्को सिक्वेल पनि बन्ने भएको छ । चलचित्र छक्का पन्जा र छक्का पन्जा २’ले व्यापारिक रुपमा नयाँ रेकर्ड राखेसँगै निर्माण यूनिटले छक्का पन्जा ३’को घोषणा गरेको छ ।

चलचित्रका लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार मह जोडीले निर्माण गर्न लागेको चलचित्र शत्रु गते’ लगतै यसको काम सुरु हुनेछ । जसमा दीपक र दीपाले अभिनय गर्ने भएका कारण त्यसको छायांकन सम्पन्न भए लगत्तै छक्का पन्जा ३’ को काम सुरु गर्ने बताइएको छ ।

जसको निर्देशन पनि दीपाश्री निरौलाले नै गर्नेछिन् । चलचित्रको प्रदर्शन वि. सं २०७५ सालको दशैको फूलपातिमा गरिनेछ चलचित्रमा यसको पुरानै कलाकार तथा उही टिमले काम गर्ने निर्देशक दीपाश्री निरौलाले जानकारसी दिइन् । चलचित्र छक्का पन्जा २ ले नेपालका सर्वाधिक रेकर्डहरु तोडिसकेका बेला छक्का पन्जा ३ घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया