एजेन्सी। जम्मा ५ वर्षकी अस्ट्रेलियाली बालिका एमिली डोवर गम्भिर रोगबाट शिकार बनेकी छिन् । जसका कारण उनको शारीरिक संरचनाको विकाश २ वर्षको उमेरमा भयो भने उनी ४ वर्षमा नै महिनामारी भइन् ।

जन्मिँदा सामान्य अवस्थामा जन्मिएकी उनी थिइन् तर त्यसपछि उनको शरीरको विकास निकै तीब्र रुपमा भयो । एमिलीलाई एडिसन नामको रोग लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार एमिलीको शरीरका सबै अंगहरु जवान महिलाको जस्तै विकसित भइसकेका छन् भने अहिले एमिली युवती भएर अब पौढ हुन थालिसकेको उनका शरीरका हर्मोनले संकेत गरिसकेका छन् । उनको शरीरमा प्रौढ महिलाको जस्तो लक्षण देखिन थालिसकेका छन् ।

तपाईको प्रतिक्रिया