एजेन्सी । बलिउड नायिका रिया सेन यतिबेला हनिमून मनाउनमा ब्यस्त छिन् । प्रेमी शिवम तिवारीसँग पुणेमा विवाह गरेकी नायिका मुनमुन सेनकी छोरी रिया विवाह अघि गर्भवती भएको र हतारमा बिहे गरेको खबर छापिरहेका बेला उनले आफ्नो पहिलो सन्तान जतिबेला पनि आउनसक्ने भन्दै त्यसको कुनै योजना नबनाएको तर्क गर्छिन् ।

अक्टोबर ८ तारिखमा हनिमून मनाउन निस्किएकी रियाले आफ्नो यात्रालाई थप रोमान्टिक बनाउन उत्साहित भएको बताएकी छिन् । यो जोडी अहिले एम्सटर्डममा रोमान्स गरिरहेको छ ।

तपाईको प्रतिक्रिया