एजेन्सी । सलमान खानको गाली सहन नसकेर जुवेर खानले ‘स्लिपिङ ट्याबलेट खाएपछि भारतीय टीभी रियालीटी शो ‘बिग बोस ११’ मा शनिवारको भागपछि पनि खैलाबैला मच्चिएको छ ।

शो का सञ्चालक सलमान खानले जुबेरलाई ठाडो शैलीमा औला देखाउँदै भने तिमीलाई आफ्नो औकात देखाउन छ हैन। ल मलाई देखाउ तिम्रो औकात।’ यो सुन्ने वित्तिकै जुबेरले सलमान खानसँग माफि मागेका थिए।

तर सलमानले उनको कुरा सुनेर झन रिसाउँदै आफुलाई भाई नभन्न भने। हप्ताको वार एपिसोडमा सलमानले घरमा सहभागीहरुको व्यवहारको कारण सलमानले सहभागीहरुलाई निकै कुरा सुनाए लगत्तै जुबेरले ‘स्लिपिङ ट्याबलेट’ खाएपछि उनलाई आकस्मिक अस्पताल भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया