एजेन्सी । भारतीय सिरियल ‘कुमकुम भाग्य’की ‘बुलबुल’ अर्थात मृणाल ठाकुरले बलिउड चर्चित सुपरस्टार आमिर खानको फिल्म खेल्न अस्विकार गरेकी छिन् । मृणाल ठाकुर हिजोआज आफ्नो हलिउड फिल्म ‘लव सोनिया’लाई लिएर निकै चर्चामा छिन्।

यस फिल्ममा उनको अभिनयले निकै प्रभावित आमिर खानले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा खेलाउने मन बनाए पनि उनी सफल हुन सकेनन् ।

त्यसअघि पनि आमिरले ‘दंगल’मा पनि मृणाललाई लिन खोजेका थिए तर मृणालले मानिनन्। सिरियलकी नव अभिनेत्री मृणाल ठाकुरले अन्तर्राष्ट्रिय करिअरमा असर पर्ने भएकाले कुनै फिल्म नखेलेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया