काठमाडौं । नेपाली काँग्रेसका चर्चित नेता गगन थापाका बिरुद्ध विवेकशील साझाले काठमाडौं ४ मा यसपटक २६ वर्षिया सुबुना बस्नेतलाई उठाउने निर्णय गरेको छ ।

स्थानीय तहको आसन्न निर्वाचनमा उमेदवार तय गर्ने क्रममा विवेकशील साझाले गगन थापाले यस अगाडी पनि जितिसकेको क्षेत्रबाट टिकट दिने निर्णय गरेको हो ।

सोही क्षेत्रबाट एमालेले सांसद राजन भट्टराईलाई उम्मेदवार सिफारिस गरिसकेको छ। २६ वर्षिया सुबुनाको प्रतिस्पर्धा गगन थापा र राजन भट्टराईसँग हुने प्रबल सम्भावना छ।

इलाममा जन्मेकी सुबुनाले राजधानीकै किंग्स कलेजबाट एमबिए गरेकी छिन्। उनी चार वर्ष अघि विवेकशील नेपाली मञ्चमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्। उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया