काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।

सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।

लामाले भने, -मलाई नो कल आएडीबाट चारपटक फोन आयो । -एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।

डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया