काठमाडौँ- सोमबार दिउँसो बा १ च ९४८ नम्बरको ल्यान्डक्रुजर चढेर निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केको मौत्र थिए । करिवब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो ।

गाडीको अगाडीको सिसामा प्वाल पर्यो ।चालकले गाडीको गति कम गरेका मात्र के थिए, आन्दाजी ३०, ३५ बर्षका युवाले रिभलवरबाट गोली हानिहाले ।

गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा मीनभवस्थित सिभिल अस्पताल पुर्याईयो । यो खबर आजको कान्तिपुरमा छ ।

अस्पताल पुर्याउनेवितिकै डाक्टरहरुल्े गौचनको मृत्यु भईसकेको घोषणा गरे ।

तपाईको प्रतिक्रिया