काठमाडौँ । बलिउड स्टार अर्जुन कपुर र परिणीती चोपडा सुटिङका लागि नेपाल आउने भएका छन् । दिवाकर बनर्जीद्वारा निर्देशित ‘सन्दीप और पिंकी फरार’ चलचित्रको छायांकनका लागि बलिउडका दुई स्टार बैतडीको झुलाघाट आउने लागेको भारतीय मिडियाले उल्लेख गरेका छन ।

चलचित्रको निर्माण समूहले जिल्ला प्रशासन कार्यालय बैतडीलाई झुलाघाट आउनका लागि अनुमति मागेको र त्यसका लागी बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीे गृह मन्त्रालयलाई जानकारी गराएको बताए ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले स्थानीय प्रशासनले अनुमति दिन नमिल्ने र आफूले गृह मन्त्रालयलाई त्यसका लागि अनुमति मागेको र त्यस विषयमा छिट्टै नै सकारात्मक प्रतिक्रिया आउने प्रजिअ जोशिले बताए ।

चलचित्र यूनिटले पठाएको पत्रमा उक्त दृष्य चलचित्रका लागि निकै रोचक र मुख्य हुने पनि उल्लेख गरिएको छ । भारततर्फको झुलाघाट पुलमा भने भारत सरकारले अनुमति दिइसकेको पनि पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया