काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ६ वटा क्षेत्रका लागी विवेकशील साझा पार्टीले उम्मेदवारी घोषणागरेको छ ।

पार्टीले संयोजक रविन्द्र मिश्रलाई काठमाडौं १ बाट उम्मेदवार बनाएको छ । जुन क्षेत्र नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र हो ।

विवेकशील साझा पार्टीले क्रमश सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार तय गरेको छ ।

त्यस्तै विवेकशील साझा पार्टीले निर्वाचन क्षेत्र नम्बर ४ मा सुबुना बस्नेत, ७ नम्बरमा अनुपा श्रेष्ठ, ८ मा पुकार बम र ९ नम्बर निर्वाचन क्षेत्रमा मिलन पाण्डेलार्इ उम्मेदवार बनाउने घोषणा गरेको छ ।

स्थानीय तहमा काठमाडौँको मेयरमा लडेकी रञ्जु दर्शना भने यस पटक रिगंबाट आउट भएकी छिन् ।

तपाईको प्रतिक्रिया