नेपालगन्ज २३ असोज । बाँकेको डुडुवा गाउँपालिकाका बाढीपीडितहरुले विपत्तीका बेला जनप्रतिनिधीहरुको भुमिका प्रभावकारी नभएको गुनासो गरेका छन् । सोमबार गाउँपालिकाको वडा नम्वर ३ स्थित गाउँपालिकाको कार्यालयमा आयोजित एक सार्वजनिक सुनुवाई कार्यक्रममा बाढिपिडितहरुले जनप्रतिनिधिहरु प्रति गुनासो गरेका हुन् ।

लक्ष्मणपुर बाँध र राप्ति नदिका कारण वर्सेनि निम्तीने समस्या समाधानका लागि सरोकारवालाहरुको वर्तमान र आगामी भुमिका विषयक कार्यक्रममा पीडितहरुले जनप्रतिनिधीहरुबाट आशा गरिएजस्तो काम नभएको गुनासो गरेका थिए । आफुहरुका लागि गाउँपालिकामा आएको राहत रकम पनि अहिलेसम्म पाउन नसेकेको भन्दै उनीहरुले पीडितहरुको समस्यामा गम्भिर बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वर्सेनि निम्तने बाढीको दीर्घकालिन समाधानका लागि पहल गर्न सरोकारवालासँग आग्रह गरेका छन् । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितीले फियान नेपालको सहकार्यमा भएको कार्यक्रममा डुडुवा गाउँपालीका अध्यक्ष नरेन्द्र कुमार चौधरीले लक्ष्मणपुर बाँधको समस्याको विषयमा आफुले केहि गर्न नसक्ने बताए । प्रमुख चौधरीले बाधको समस्या दुई देश विचको भएकाले सरकारको उच्चस्तिरिय टोलीले मात्र पहल गर्न सक्ने बताएका छन । बाढी पिडितलाई दिने भनिएको राहत रकम वितरण गर्न ढिलाई भैरहेको प्रति चौधरीले डुडुवा गाउँपालिकामा एक द्घार प्रणाली मार्फत राहत वितरण नहुदाँ कसैले पाउने र कसैले नपाउने समस्या रहेको बताए । उनले अर्को वर्षको लागी एकिन तथ्याङ्क लिने काम सम्पन्न गर्न पहिले काम शुरु गर्ने बताए ।

गाउपालिकाका उपाध्यक्ष सहिदा बानुले जनताको चाहना अनुसारनै काम गर्ने र बाढि र डुवानबाट जोगाउन विषेस योजना ल्याउने बताइन । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु जिल्लाका कृषि, पशु, शिक्षा लगायत कार्यालयका पतिनिधीहरुको सहभागिता रहेको थियो । फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमले सार्वजनिक सुनुवाईको उदेश्यबारे प्रकाश पारेका थिए भने कार्यक्रमको सन्चालन अधिकक्ता बसन्त गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया