नेपालगन्ज २३ असोज । मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छन् ।

आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म दिएकी हुन ।

सुत्केरी बेथाले च्यापेपछि जहाजमा नेपालगन्जमा थप उपचारका लागि ल्याउँदै गर्दा जन्म भएको नेपाल एयरलायन्स क्षेत्रीय निर्देशक मुक्ति पाण्डेले बताए ।

सोमबार विहान ११ बजेर ५ मिनेटमा ताल्चाबाट उडेको जहाजमा ११ बजेर ५५ मिनेटमा बच्चा जन्मेको हो ।

आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बुझिएको छ । आमा र बच्चालाई उपचारका लागि भेरीअञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ ।

तपाईको प्रतिक्रिया