काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै काठमाडौँमा गोली हानी हत्या भएपछि शोकाकुल आफन्तले गृहमन्त्री जर्नादन शर्माको राजीनामा माग गर्दै प्रर्दशन गरेका छन् ।

काठमाडौंको शान्तिनगरको प्रयागमार्गमा गोली प्रहार गरि गम्भिर घाइते भइते गौचनको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएपछि अस्पतालमा नै जम्मा भएका आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् ।

सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएकाहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, हत्यारालाई पक्राउ गर्नुपर्ने लगायतका माग गरेका हुन् । विरोध प्रदर्शनका कारण अहिले बानेश्वर – तीनकुने सडकखण्ड अवरुद्ध बनेको थियो । दिउसो ।

मोटरसाइकलमा आएका आक्रमणकारीले उनी सवार गाडीलाई रोकेर आक्रमणपछि सोही मोटरसाइकलमा चढेर फरार भएका हुन । घरको गल्लीबाट मूल सडकमा पुग्ने बित्तिकै सो घटना भएको हो । गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया