ताजा खबर :- रिलिज मिती नजिकिदै गर्दा रुद्रप्रिया टिमले पत्रकार सम्मेलन गरेको छ । उक्त पत्रकार भेटघाट कार्यक्रममा रेखा र आर्यन लाई आठ बर्षको ग्याप पछी एउटै चलचित्रमा ल्याए भन्ने कुरा खुलाएका छन । रुद्रप्रियाको लागि रेखा र आर्यन नै फिट हुनेभएकाले नायक आर्यन र नायिका रेखा सँग निर्माताले कुरा गरेपछी दुबै जना यस चलचित्रमा काम गर्न राजी भएका हुन ।

कार्तिक २ गते यानिकी लक्ष्मी पूजाको दिन देखी प्रदर्शनमा आउने रेखा थापाको ‘रुद्रप्रिया’ निकै नै प्रतिक्षित चलचित्र बनेको छ । । रेखा र आर्यन को जोडी आठ बर्ष पछी सँगै जोडीएको कारण पनि दर्शक यो चलचित्र हेर्न आतुर छन ।

दर्शकहरुले यि दुईको केमेष्ट्री  निकै रुचाउने गरेका थिए । ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् ।

यसरी जोडीएका थिए रेखा र आर्यन हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया