एजेन्सी । इन्डोनेसियाका सुरक्षा गार्डलाई बाटोमा हिँडिरहेका बेला करीब २६ फिट लामो विशाल अजिंगरले आक्रमण गर्दा एउटा हाट गुमेको छ । साँझ ड्यूटी सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा बिशाल अजिंगरले आक्रमण गरेपछि उनी त्यसका बिरुद्ध जाइलागे ।

आफ्नो बचाउका लागी उनले अजिंगरसँग कडा संघर्ष गरे र अन्तत उनीसँगै रहेका अर्का सुरक्षा गार्ड र अन्य स्थानीय व्यक्तिहरुले उनको जीवन बचाउँन सहयोग गरेका थिए । उनीहरु सबै मिलेर अजिंगरलाई मार्न सफल भए पनि।

मारिसकेपछि गाउँ छिर्ने मुख्य द्वारमा झुण्ड्याइएको अजिंगर स्थानीय बच्चाहरुले खेलेका थिए । अन्तत गाउँलेहरुले त्यसलाई काटेर खाए ।

तपाईको प्रतिक्रिया