काठमाडौं । गाडी भित्रै गोली हानी हत्या प्रयास गरिएका निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले शरदकुमार गौचनलाई गोली प्रहार गर्दा उनी गम्भिर घाइते भएपछि तत्कालै काठमाडौं सिभिल अस्पतालमा उपचार थालिएपनि उनको उपचारका क्रममा ज्यान गएको छ ।

उनको पेटमा २ गोली लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले काठमाडौंको उपत्यकाको चेकजाँचमा समेत कडाइ गरेको छ।

तपाईको प्रतिक्रिया