काठमाडौं : गायक तथा संगीतकार तुला पर्वतले पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ–नयाँ गीत सार्वजनिक गर्दै छन् । पुराना गीतले चर्चा पाइरहेका बेला तुलाको नयाँ गीत ‘न श्रृङ्गार छ तिम्रो’ सार्वजनिक गरे लगत्तै राम्रो चर्चा सुरु भएको छ ।

गीतकार राजेन्द्र गौतमका शब्द सिर्जना रहेको गीतमा तुलाकै संगीत रहेको छ भने स्वरमा उनकै छोरी श्रृषा कुँवरको आवाज समावेश छ । भिडियोमा रश्मी तामाङ र विनोद न्यौपानेले मोडलिङ गरेका छन् ।

गीतमा श्रृङ्गार नगरेकी एक युवतीको खुलेरै तारिफ गरिएको छ । भिडियोको निर्देशन यूवराज वाइबाले गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया