एजेन्सी । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरको छोरा तैमुर खान अब छिट्टै नै उनीहरुबाट टाढिने भएका छन् । सैफले हालै दिएको एक अन्तर्वार्तामा तैमुरलाई समय आएपछि मिडियाबाट छुट्कारा पाउन टाढा पढ्न पठाउने तयारी गरिरहेको बताएका छन् ।

त्यो निर्णय हो सैफ र करीनाले तैमुरलाई समय आएपछि बोर्डिङ स्कुलमा पढ्न पठाउने निर्णय गरेको पनि उनले अन्तरवार्तामा बताएका छन् ।

सैफले तैमुरलाई इंग्ल्याण्डको बोर्डिङ स्कुल पठाउने तयारी गरेका कारण उनी केही समयका लागी बाबु आमाबाट टाढा हुने र राम्रो शिक्षाको लागी सैफ र करिना उनलाई आँफुबाट टाढा भएपनि त्यो कष्टकर समय कटाउन आँफुहरु तयार रहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया