एजेन्सी । अण्डरवल्र्ड डन दाउद इब्राहिमका ज्वाइँ जुबैरले खानले सलमानविरुद्ध मुद्दा दर्ता गरेपछि सलमान खान तनावमा आएका छन् । रियालिटी शो बिगबोसका कारण बलिउड सुपरस्टार सलमान खान समस्यामा परेका हुन् ।

जुबैर खान बिगबोस ११ बाट बाहिरिएपछि जुबैर सलमानविरुद्ध खनिएका हुन् । जुबेरले शोबाट बाहिरिनासाथ सलमानविरुद्ध गम्भीर आरोप लगाउँदै आँफुलाई सलमानले धम्की दिएको आरोप लगाएका छन् ।

शोबाट बाहिरिएसँगै जुबेरले सलमानले बिइङ ह्युमनको नाममा गरेको धन्दा र इण्डष्ट्रीमा उनको डनपगरीको सबैकुरा थाहा भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया