काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्मानजनक हैसियत पाए सरकारमा जाने बताएको छ । समसामयिक राजनीतिक परिस्थिति र भावी रणनीति तय गर्न सोमबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेपनि अध्यक्ष कमल थापाले सम्मानजनक हैसियत पाए राप्रपा सरकारमा सहभागी हुने तर्क राखेका थिए ।

एमाले, माओवादी केन्द्र र राजपाले वाम गठबन्धन गरेपछि नेपाली कांग्रेस नेतृत्वमा गठन हुन लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने निर्णय गरेको राप्रपाभित्र सरकारमा सहभागी हुनुपर्ने मत बलियो देखिने गरी नेताहरुको माग छ ।

कांग्रेसले गठन गर्न लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएपछि सरकारलाई समर्थन गर्नुपर्छ र सरकारलाई समर्थन गरेपछि सरकारमा सहभागी हुनुपर्ने नेताहरुले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया