डा. दीपेश प्रधान मुटुरोग विशेषज्ञ हार्ट अट्याक यस्तो प्राणघातक समस्या हो, जसले क्षणभरमै मानिसको ज्यान लिन सक्छ । केही मिनेटमै उपचार पाएन भने बिरामीको ज्यान बचाउन निकै कठिन हुन्छ । आकस्मिक थकान, स्वास–प्रस्वासमा कठिनाइ, घाँटीमा खसखस र बान्ता हुनेमध्ये प्रायः लक्षण एकसाथ देखियो भने हार्ट अट्याक हुँदै गरेको संकेत पाउन सकिन्छ । यी महिला–पुरुष दुवैमा देखिने समान लक्षण हुन् । छाती सहनै नसक्ने गरी दुख्नु महिला–पुरुष दुवैमा हुने हार्ट अट्याकको प्राथमिक लक्षण हो । मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै एक, दुई अथवा तीनवटा नली बन्द भयो भने मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भयो भने आवश्यक पर्ने ठाउँमा रगत पुग्दैन र मानिस ढल्न पुग्दछ ।

कारण वंशाणुगत गुण धूम्रपान मोटोपन तथा बोसोपन कोलेस्ट्रोलको मात्रा बढी बढ्यो भने तनाव आलस्यपन

लक्षणहरू प्रारम्भमा हिँड्दा, भर्‍याङ चढ्दा, खाना खाँदा छाती भारी भएजस्तो हुने । छातीको देब्रे अथवा मध्य भाग एकदमै दुख्ने । छाती भारी हुने । चिटचिट पसिना आउने । सास फर्ने गाह्रो हुने । उल्टी होलाजस्तो हुने । छातीको दुखाइ अत्यधिक बढेर मरिन्छ कि जस्तो हुने ।

बच्ने उपाय प्रेसर छ भने यसको औषधि खाने सुगर छ भने सुगरको औषधि खाने कोलेस्ट्रोल बढी छ भने सागसब्जी, फलफुल खाने । शारीरिक व्यायाम गर्ने । धूम्रपान तुरुन्त त्याग्ने । परिवारमा कसैलाई यसको बिरामी भए सजग हुने । एक वर्षमा होल बढी चेकअप गर्ने ।

हार्ट अट्याक भए के गर्ने रु तुरुन्त मुटु अस्पताल जाने । अस्पतालमा तुरुन्त इसिजी गर्ने । विभिन्न अस्पतालमा रगत पातलो गराउने औषधि पाइन्छ, त्यो खान सकिन्छ । औषधि खाएपछि अस्पताल भर्ना हुने । चिकित्सकको निगरानीमा बसिरहने ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया