एजेन्सी । इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि इजिप्ट विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ ।

कंगोलाई २–१ ले हराउँदै इजिप्ट २८ वर्षपछि विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको हो ।

विश्वकप छनौट अन्तर्गत आइतबार राति अफ्रिकी क्षेत्रको समूह ‘ई’ को खेलमा कंगो बिरुद्ध दुवै गोल मोहम्मद सालहले गरेपछि इजिप्ट आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा आफ्नो स्थान सुरक्षीत गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया