काठमाडौँ – निर्देशक विशाल भारद्वाज कम बजेटको फिल्म बनाउने तयारीमा लागेका छन् । उनको पछिल्लो फिल्म ‘रंगुन’ फ्लप भएको थियो । रंगुन नचलेपछि उनी सानो बजेटको फिल्मप्रति आकर्षित भएका हुन् ।

विशालको सो फिल्म कमेडी जनराको हुनेछ । फिल्ममा नवाजुद्धिन सिद्धिकी प्रमुख भूमिकामा रहने बताइएको छ । विशाल पहिले कृति सेननलाई हिरोइन लिने सोचमा थिए ।

तर, कृतिसँग सम्पर्क हुन नसकेपछि उनले अदिति राव हैदरीलाई हिरोइन लिने भएका छन् । नवाजुद्धिन र अदिति पहिलोचोटि सँगै अभिनय गर्दै छन् । अदितिलाई फिल्मको स्क्रिप्ट मन परेकाले उनले ‘ओके’ गरेको बताइन्छ ।

नाम तय भइनसकेको सो फिल्मको सुटिङ केही समयपछि सुरु गर्ने तयारी विशालको छ । उच्च लगानीका फिल्मले घाटा दिएपछि बलिउडमा कम लगानीका फिल्म बनाउन आकर्षित हुने निर्माता निर्देशक बढ्दै गइरहेका छन् ।नयाँ पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया