काठमाडौं । तपाई ८ कक्षा पास हुनुहुन्छ र तपाईलाई नेपाली सेनामा जागीर खान मन छ भने तपाईका लागी सुर्वण अवसर छ । नेपाली सेनाले हालै अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा गरी मा २७ सय पदमा भर्ना खुला गरेको छ ।

सेनाले एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको हो ।

सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । जंगी अड्डाा अन्तरगत मात्र विभिन्न ५ सय ९४ पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।

सेनाका अनुसार सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया