प्योङयाङ। एकपछि अर्को गर्दै शक्तिशाली बमहरु परिक्षण गर्दै आएको उत्तर कोरियाले फेरी अर्को परमाणु परीक्षण गर्ने तयारी गरेपछि विश्व नै तरंगीत भएको छ ।

उत्तर कोरियाली नेता किम उनले फेरि अर्को परमाणु परीक्षणको सशक्त तयारी गर्ने निर्देशन दिए लगत्तै सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर अमेरिकामाथि कैयौँ क्षेत्रमा कडा खालको नाकाबन्दी पनि लगाएको छ ।

उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उक्त बमको तुलनामा यो तीन गुणा ठूलो भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कस् पार्टीको सातौँ साधारण बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाली वरिष्ठ नेता किम जोङ उनले सो निर्देशन दिएका हुन् ।

तपाईको प्रतिक्रिया