एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको प्रेम सम्बन्ध सदावाहार चर्चामा रहिरहन्छ । यो जोडीले प्राय आफ्ना कुनै पनि भित्री कुरा बाहिर ल्याउन चाहादैनन् । तर हालैको एक अन्तरवार्तामा चर्चित क्रिकेटर विराट कोहलीले आफ्नी प्रेमीकाका राम्रा नराम्रा बानीका विषयमा खुलेर कुरा गरेका छन् ।

तिहारमा प्रशारण हुने भनिएको आमिर र विराटको एक विशेष च्याट शो मा बिराटले अनुष्काको तारिफ गर्दै विराटले उनी सधैं आफ्नो साथमा भएको बताए। उनले अनुष्कासँग आफ्नो तालमेल निकै मिल्ने बताए। विराटका अनुसार अनुष्काले उनलाई असल मानव बनाएको समेत बताउन पछि परेनन् ।

त्यस्तै विराटले अनुष्काको नराम्रो बानी के हो भनी सोधिउको प्रश्नमा अनुष्का जहाँ पनि ५ देखि ७ मिनेट ढिला आउने गरेको र यो बानी मन नपर्ने पनि बताए।

तपाईको प्रतिक्रिया