काठमाडौँ । चलचित्र ‘ऐश्वर्य’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्न लागेकी सुन्दरी नायिका हुन् दीपिका प्रसाइ । चलचित्रको ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतसँगै दीपिका पनि चर्चाको केन्द्रबिन्दुमा छिन् । पहिलो चलचित्रमा नै विकिनी लगाएकी दीपिकाले ट्रेलर सार्वजनिक भए लगत्तै पनि उनले आफ्नो असन्तुष्टी पोखेकी थिइन् ।

चलचित्र छायांकनकै क्रममा विकिनी अवतारमा देखा पर्न आनाकानी गरिरहेकी उनलाई निर्देशक दिवाकर भट्टराइले विभिन्न कोशिससँगै कन्भिन्स गराएको बताउँछन् ।

पहिलो चलचित्रमै विकिनी लगाउन दीपिकाले नमानेपनि छायांकन लगतै निर्माण यूनिटले दीपिकाको विकिनी तस्बिर सार्वजनिक गरिदिएपछि दीपिका आक्रोशित बनेको स्रोतको भनाई छ ।

तर समयक्रमले दीपिकाले अहिले कुरा बुझेको निर्माण यूनिटको तर्क छ । कात्तिक ९ गतेबाट रिलिज हुने चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया