धनुषा । धनुषाको नगराइन नगरपालिकाको नगरसभा चुनावमा कांग्रेस उम्मेदवारले मतपत्रै खाइदिएपछि हंगामा मच्चिएको छ ।

नगरसभाको निर्वाचनपछि मतगणना भइरहेको समयमा कांग्रेस र एमालेबीच विवाद भएपछि कांग्रेस उम्मेदवार सूर्यनारायण साहले एमालेका उम्मेदवार अरुणकुमार लालकर्णको मतपत्र हातमा लिएर खाइदिए । उक्त क्षेत्रमा अहिले पुनः मतदान भइरहेको छ भने मतपत्र खाने साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि भरतपुर महानगरको मतगणनाका क्रममा १४ जेठको मध्यरातमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेको विवादले उग्ररुप लिँदै विवाद अदालतसम्म पुगपछि स्थानीय चुनावहरुमा मतपत्र जोगाउन गणनाका क्रममा तारवार नै लगाइएको थियो ।

तपाईको प्रतिक्रिया