एजेन्सी -बलिउड निर्देशक कुन्दन शाहको ६९ वर्षको उमेरमा निधन भएको छ। चर्चित फिल्महरु जाने भी दो यारो’ र ‘कभी हाँ कभी ना’ निर्देशन गरेका शाहको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

पहिलो फिल्म ‘जाने भी दो यारो’ का लागि इन्दिरा गान्धी अवार्डबाट सम्मानित गरिएको थियो। उनले नेशनल अवार्ड पनि पाएका थिए।

क्या कहना, दिल है तुम्हारा, पि से पिएम तक’ जस्ता फिल्म र टिभी कार्यक्रम ‘नुक्कड’ र ‘वागले की दुनियाँ’ पनि निर्देशन गरेका शाहको शनिबार दादरस्थित शवदाह गृहमा शाहको अन्तिम संस्कार गरिएको थियो ।सन् २०१५ नोभेम्बरमा अन्य २३ निर्देशकसँग मिलेर ‘नेशनल अवार्ड’ फिर्ता गर्ने भएपछि उनी चर्चामा आएका थिए।

तपाईको प्रतिक्रिया