ताजाखबर / काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ प्रर्दशनको दोस्रो सातामा नै १० करोड क्लबमा प्रवेश गरेको छ । पछिल्लो समय नेपालमा १ करोड ब्यापार गर्ने चलचित्रलाई सफल मानिन थालिएका बेला ‘छक्का पञ्जा २’ को टिमले आफ्नो १० करोडको पुरानो छवीलाई कायम राख्दै शानदार ब्यापार गर्न सफल भएको चलचित्रका कार्यकारी निर्माता विकासराज आचार्यले जानकारी दिए ।

दिपाश्री निरौलाद्धारा निर्देशशित यो चलचित्रले दशैँको मौका पारेर प्रर्दशन गरेको थियो । दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का, शिवहरि पौड्याललगायतको अभिनय रहेको चलचित्रको सिक्केवलले नेपाली चलचित्र इतिहाँसमा नै सर्वाधिक ब्यापार गर्दै १७ करोड रुपैयाँ आम्दानी गरेको थियो भने कोहिनूर’ ले १२ करोड रुपैयाँ कमाई गरेको बताइन्छ ।

चलचित्रले आँफ्नै रेर्कड तोड्ने अनुमान चलचित्रबृतमा चलिरहेका बेला कस्तो नतिजा देखिएला त्यो भने केही दिनमा नै थाहा लाग्ला ।

तपाईको प्रतिक्रिया