एजेन्सी । बलिउड चर्चित अभिनेता शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिलीज’ को क्यान्टिन सरकारले भत्काईदिएको छ ।

शाहरुखले खुला छत ढाकेर बनाइएर अवैध रुपमा चलाएको क्यान्टिन मुम्बई प्रशासनले भत्काइदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मेलोडमा रहेको उक्त क्यान्टिन शाहरुखले आफ्नो कार्यालयका कर्मचारीका लागि बनाएका थिए। खुला छत ढाकेर बनाइएको यो क्यान्टिन सुरक्षित नरहेको पनि बताइएको छ।

नगरपालिकाले भने छत खुला राख्नुपर्नेमा उनीहरुले ढाकेर प्रयोगमा ल्याएको भन्दै भत्काएको स्पष्टीकरण दिएको छ ।

तपाईको प्रतिक्रिया