एजेन्सी । बलिउड अभिनेत्री कंगनाले ऋतिकलाई यौन सम्बन्धबारे इमेल पठाएको रहस्यका विषयमा बोले ऋतिक रोशन बोलेका छन् । कंगनाले पटक पटक ऋतिकलाई एकपछि अर्को आरोप प्रत्यारोप लगाउने क्रम जारी रहेका बेला बोल्दै ऋतिकले आफ्ना वकिल महेश जेठमलानीले गत अप्रिलमा यो पूरा मामिलाबारे मुम्बई पुलिसमा उजुरी हालेपछि कंगनाले फेरी अर्को आरोप लगाएपछि उनले उजुरीमा ऋतिकले कंगनाले आँफुलाई यौन सम्बन्धबारे इमेल पठाएको रहस्य समेत खोलेका छन् ।

हालै अभिनेत्री कंगना रनावतले दिएको अन्तवार्तापछि खलबली मच्चिइरहेका बेला कंगना ऋतिक काण्डबारे नयाँ खुलासा भएको हो । कंगनाले अन्तर्वातामा अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीबारे धेरै कुरा बोल्दै केही अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन्।

आदित्यले घरमै आफूलाई कैद गरेकोदेखि लिएर ऋतिकले आफ्नो इमेल ह्याक गरेसम्मका कुराबारे उनले खुलेर बताएकी थिइन् जसले सबैलाई चकित पारेको थियो। कंगनाका टिप्पणीबारे बोल्दै सुरजले कंगना र आफ्ना बावुबारेका केही कुरा याद नभएको बताएका थिए।

तपाईको प्रतिक्रिया