काठमाडौँ- रणवीर कपुरको अभिनयबारे अधिकांशलाई थाहा छ । तर, उनका कतिपय भित्री रोचक पक्ष कमैलाई जानकारी होला । रणवीरबारे केही रोचक जानकारी यस्ता छन् :

१. रणवीर कपुरको नाम उनका हजुरबाको नामबाट राखिएको हो, जसको पूरा नाम रणवीरराज कपुर थियो ।

२. रणवीर आमासँग निकै लाडिन्छन्, अहिले पनि गोजीखर्चका लागि भन्दै आमासँग थोरै भए पनि पैसा माग्छन् ।

३. परिवारसँगै रहँदा रणवीरको डाइट आमा नीतुले तय गर्छिन् । उनको नङसमेत आमाले नै काटिदिन्छन् ।

४. एकपटक रणवीरले गल्तीबस आफ्टरसेभ लोसन पिएका थिए, तर तुरुन्तै उल्टी भएर गएको थियो ।

५. रणवीर दुई वर्षदेखि तबला बजाउने तालिम लिइरहेका छन् ।

६. उनले आफ्नो पहिलो कमाइबाट एउटा महँगो घडी किनेका थिए ।

७. मोबाइल गेम क्यान्डी क्रस रणवीरलाई निकै मन पर्छ ।

८. सडकमा कार चलाइरहेका वेला उनी अगाडि गुडिरहेका अन्य गाडीका नम्बर प्लेटका अंकहरू जोड्दै हिँड्छन् ।

९. रणवीर शाहरुख खान, रितिक रोशन र सञ्जय दत्तको नक्कल राम्रोसँग गर्न सक्छन् ।

१०. रणवीर विभिन्न व्यक्तिका जीवनी पढ्न रुचाउँछन् । कर्ट कोबेनको बायोग्राफी ‘हेभियर देन हेभन’ उनलाई सबैभन्दा मन पर्ने पुस्तक हो ।

११. खेलमा फुटबल रुचाउने रणवीरको मनपर्ने खेलाडी मेसी हुन् । अभिनयबाट अवकास लिएपछि उनी कुनै फुटबल टिमको कोच बन्न चाहन्छन् ।

१२. न्युयोर्कमा अभिनय र निर्देशन सिक्ने क्रममा रणवीरले करिब ३ सयवटा सर्ट फिल्म बनाएका थिए ।

१३. रणवीर गाउन सक्दैनन् । उनी यो पनि मान्छन् कि गीत गाउन नसक्दा अभिनय करिअर अझै राम्रो हुन सकेन ।

१४. रणवीरलाई पानीदेखि डर लाग्छ । उनी पुल या नदीमा जान डराउँछन् । नयाँ पत्रिकाaf6

तपाईको प्रतिक्रिया