काठमाडौँ । सीमा रक्षाका लागि लडेका देवनारायण यादव भारतीय अदालतद्वारा रिहा भएका छन् । असोज १५ गते पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उनका छोरा अजयलाई साधारण तारेखमा छाडिएको छ ।

भारतको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलाशले दुबैलाई साधारण तारेखमा रिहा गरेको हो । भारतको कुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन कुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

गत वर्ष साउन १६ गते सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठीवासी र भारतीय नागरिकबीच भएको विवादमा कुटपिटबाट यादव घाइते भएका थिए । अजयले केही महिना अघि १८ वर्षकी भारतीय युवतीसँग विवाह गरेको आरोपमा स्थानीय र युवतीको परिवार मिलेर फसाउन खोजीएको भए पनि उनीहरुको रिहाईपछि तिलाठीबासीमा खुशी छाएको छ ।

तपाईको प्रतिक्रिया