ताजा खबर :- अधिकांश मानिसको धारणा अनुसार आँखा फरफराउनुको मतलब कुनै शुभ वा अशुभ कुरालाई दर्शाउँछ भनिन्छ तर ती मानिस गलत सावित हुनसक्छन् । यो कुरा सत्य हो किनभने आँखा फराफराउनु केही स्वास्थ्य समस्याको संकेत हुन्छ । स्वास्थ्यको यी ५ कारण जुन आँखा फरफराउनको लागि जिम्मेवार हुनसक्छ । यदि अब तपाईको पनि आँखा फरफराउन थालेको छ भने यी कारणमा पनि एक पटक विशेष ध्यान राख्नुहोस् ।
१- आँखाको समस्या
आँखामा मांसपेशी सम्बन्धि समस्या हुँदा पनि आँखा फरफराउने समस्या हुनसक्छ । यदि लामो समय सम्म तपाईको आँखा फरफराईरहेको छ भने एक पटक आँखाको जाँच अवश्य गराउनुहोस् । यस समस्यामा तपाईले आँखामा चश्मा लगाउनु पर्ने आवश्यकता हुनसक्छ ।
२-तनाव
तनावको कारणले पनि तपाईको आँखा फरफराउन सक्छ । विशेषगरी जब तनावको कारण राम्रो निन्द्रा लाग्दैन र निन्द्राको कमी हुन्छ तब आँखा फरफराउने समस्या हुनसक्छ ।
३-थकान
अत्यधिक थकान हुँदा पनि आँखामा समस्या हुन्छ । कम्प्यूटर ल्यापटपमा धेरै बेरसम्म काम गर्दा आँखामा थकान हुन्छ यसकारण आँखालाई आराम दिन आवश्यक हुन्छ ।
४-सुख्खापन
आँखामा सुख्खापन हुँदा पनि आँखा फरफराउने समस्या हुन्छ । यसको साथै आँखामा एलर्जी, पानि आउनु, चिलाउने आदि समस्या हुँदा पनि यस्तो समस्या हुनसक्छ ।
५-पोषण
शरीरमा म्याग्नेशियमको कमी हुँदा आँखा फरफराउने समस्या उत्पन्न हुनसक्छ । यसको साथै अत्यधिक कैफिनयुक्त अल्कोहलको सेवनले पनि यस समस्यालाई उत्पन्न गर्छ ।

तपाईको प्रतिक्रिया