ताजा खबर :- खानाको साथमा चटपटे अचार रुचाउने मानिसको कुनै कमी छैन । वास्तवमा अचारले खानाको स्वाद र खाना प्रति रुची बढाउँछ । यदि तपाई पनि ती मानिसहरूमा पर्नुहुन्छ, जसले नियमित रूपमा अचार खान्छन् भने एक पटक अचार खानुको यी ५ निकै हानिकारक नोक्सान बारे अवश्य जानकारी राख्नुहोस् ।

१- अचारमा तेलको मात्रा बढी प्रयोग हुन्छ । यसमा प्रयोग गरिने मसला पनि पाकेको हुँदैन, जसको कारण कोलेस्ट्रोल र अन्य समस्या हुनसक्छ ।

२- अचारको प्रयोगले पेटमा अम्लीयता बढाउँछ, जसको कारण यसको अधिक सेवनले तपाईलाई एसिडिटी, ग्यास्ट्रिक, खट्टो डकार आउने जस्ता समस्या हुनसक्छ ।

३- अचारमा नूनको मात्रा अधिक हुन्छ, जसले सोडियमको अधिकतमको साथै उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या पनि उत्पन्न गर्न सक्छ ।

४- अचारमा मसलाको साथै सिरका को पनि प्रयोग प्रशस्त मात्रामा गरिन्छ । जसको सेवन नियमित रूपमा गर्दा अल्सर हुनसक्ने र अन्य समस्या पनि उत्पन्न गर्छ ।

५- अचार बनाउन र यसलाई सुरक्षित राख्नको लागि जिन प्रिसजर्भेटिभ को प्रयोग हुन्छ, जुन शरीरको लागि हानिकारक हुन्छ र एसिडिटी वा शरीरमा सूजन आदिको लागि जिम्मेवार हुन्छ ।

तपाईको प्रतिक्रिया