ताजा खबर :- वर्तमान जीवनशैलीका कारण खाना खानको लागि चम्मच एक अति आवश्यक माध्यम भैसकेको छ । यसकारण अधिकांश मानिसले हातले खाना खान छोडिसकेका छन् । तरपनि हातले खाना खानुको मज्जा बेग्लै छ । मज्जा भन्नुको अर्थ हातले खाना खाँदा केही अन्य फाइदा छन्, शायद कमैलाई थाहा हुनसक्छ । आज हामी हातले खाना खाँदा स्वास्थ्यमा हुनसक्ने यस्ता ५ फाइदाको बारेमा चर्चा गर्दैछौँ ।

१- चम्मचले खाना खानु भन्दा यदि हामी हातले खाना खान्छौँ भने मुख जल्ने सम्भावना कम हुन्छ । चम्मचको तापमान खानाको अनुसार परिवर्तन हुन्छ र यसको जानकारी हामीलाई हुँदैन जबकि हातले खाना खाँदा तापमानको आभास हुन्छ ।

२- जब हामी हातले खाना खान्छौँ तब औँला र हातको औँला एक-आपसमा मिल्दा एक मुद्रा बन्छ । यसको कारण शरीरमा विशेष रूपमा ऊर्जा उत्पन्न हुन्छ, जसले शरीरको स्वस्थ राख्न सहायक हुन्छ ।

३- हातले खाना खाँदा हामी हात धुने कुरामा सचेत रहन्छौँ, जबकि चम्मचले खाँदा हामी राखेको चम्मच प्रयोग गर्छौँ । जसको कारण जीवाणुको उपस्थितिको सम्भावना अधिक हुन्छ

४- जब हामी हातले खाना खान्छौँ भने शरीरको पाचन तत्वको सन्तुलन सही हुन्छ । चम्मचले खाँदा यो लाभ मिल्दैन ।

५-हातले खाना खानु स्पर्श चिकित्सा समान हो । यसमा हाम्रो हात, मुख, पेट र दिमागमा एक किसिमको सम्बन्ध बन्छ । शरीरको आन्तरिक संकेतको माध्यमले खाना पाचन हुन्छ । यसले शरीर सुपोषित हुन्छ ।

तपाईको प्रतिक्रिया