ताजा खबर :- दरबारमार्ग स्थित रोयल सिङ्गी होटलमा पत्रकार सम्मेलन चलचित्र “डम्बरुको डन्डिबियो” को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माताद्वय बिकास गुरुङ र सुमी डोल्मा शेर्पा द्वारा निर्माण हुनलागेको यस चलचित्रमा कलाकार खगेन्द्र लामिछने र मेनुका प्रधान मुख्य भूमिकामा देखिने छन । खगेन्द्र लामिछानेले लेखेको यस चलचित्र लाई छेतन गुरुङले निर्देशन गर्ने भएका छन ।
सम्ब्रिद्धी ईन्टर्टेन्मेन्ट्सको पहिलो प्रस्तुती ररहेको चलचित्र “डम्बरुको डन्डिबयो” अली अलग कथामा छ । नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित भएर बन्ने उक्त चलचित्र ‘फ्यामिली स्पोर्ट ड्रामा’ रहने कलाकार खगेन्द्र लामिछानेले जानकारी दिए । अन्य ५ वटा देशहरुमा पनि डन्डिबियो खेलिनेगरेको पाइएको छ ।
कलाकारहरु अनुप बराल , खगेन्द्र लामिछाने र मेनुका का अलावा नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहने छ भने खगेन्द्र लामिछाने कै कथा रहेको छ । चलचित्र पर्सी यानिकी २३ गते देखी शूटिङ हुनेछ । यस चलचित्रको पचत्तर पर्सेन्ट सुतिङ लम्जुङको घलेगाउँमा हुनेछ भने बाँकी काठमाडौंमा सूटिङ हुनेछ । यसै बर्षको चैत्र मा रिलिज गुने जानकारी चलचित्र टिमले जानकारी दिएको छ ।
हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया