नेपालगन्ज २० असोज । नेपालगन्जको जमूनाह नाकाबाट योबर्ष खसीबोकाको आयात ह्वात्तै घटेको छ । अघिल्लो बर्षको तुलनामा आधाभन्दा कममात्र खसीबोका भित्रिएका पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष २०७२÷७३ को साउन, भदौ र असोज महिनामा ५७ हजार ९ सय ९५ खसीबोका भित्रिएकोमा चालू आर्थिक बर्षको हालसम्म २८ हजार ३ सय ३० वटामात्र खसीबोका भित्रिएका पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका पशु प्राविधिक अमर बहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार, असोज महिनाको दसैं अगाडीसम्म ६ हजार ५ सय ६५ वटा मात्र खसीबोका भित्रिएका छन् । जवकी यो गतबर्षको तुलनामा १७ हजार ६१ ले कम हो । मुग्लीन नारायणघाट सडकमा देखिएको अवरोधका कारण व्यापारीहरुले कृष्णनगर नाकाबाट खसीबोका आयात गरेकाले नेपालगन्जको जमूना नाका प्रभावित बनेको हो । जमूना नाकाबाट भित्रिएका खसीबोका काठमान्डौं र पोखरामा खपत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया