नेपालगन्ज २० असोज । बाँकेमा एकजना पत्रकारहरुको फेसबुक पेजमा निर्वाचित जनप्रतिनिधिले अशिष्ट भाषाको प्रयोग गर्दै धम्कीपूर्ण अभिव्यक्ती दिएका छन् । ऋतम्भर दैनिकका सम्पादक सुरेन्द्र काफ्लले ‘निर्वाचित सांसद दलबहादुर सुनार सिफारिसमा परेनन्’ शीर्षकको समाचारमा बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ४ का वडाअध्यक्ष तिलकबीर सुनारले अशिष्ट र धम्कीपूर्ण अभिव्यक्ती दिएका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुनार एमालेबाट सिफारिसमा नपरेको बिषयमा ऋतम्भरा न्यूज डट कममा लेखिएको समाचार सम्पादक काफ्लेले आप्mनो फेसबुकमा सेयर गरेका थिए । दलबहादुर सुनार निकट मानिने तिलकबीरले उक्त समाचारमा कमेन्ट गर्दै लेखेका छन–‘यत्रो गर्नु लेख्नु प¥यो त, के नै नौलो कुरा भो र ?’ जननिर्वाचित प्रतिनिधिले गरेको असोभनिय टिप्पणीको व्यापक आलोचना भएको छ ।

तपाईको प्रतिक्रिया