नेपालगन्ज १९ असोज । मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा प्रदेश नं. ५ बाट २७ लाख ४० हजार ८ सय ४८ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रदेश नं. ५ मा सबैभन्दा बढि रुपन्देहिबाट ५ लाख २२ हजार ५ सय ९६ जना र सबैभन्दा कम रुकुम पुर्वबाट २७ हजार ९ सय २८ जनाले मतदान गर्न पाउनेछन् । यसैगरि, दाङबाट ३ लाख ३८ हजार ९ सय १४, कपिलवस्तुबाट, ३ लाख ११ हजार ७ सय ६२, बाँकेबाट २ लाख ६७ हजार ७ सय १५ र बर्दियाबाट २ लाख ७२ हजार ४ सय ७८ जना मतदाताले मतदान गर्न पाउनेछन् । यस्तै, नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट २ लाख ८ हजार २ सय ३८, प्युठानबाट १ लाख ३८ हजार ६ सय ३९ र रोल्पाबाट १ लाख २७ हजार ६ सय ६८ मतदाताले मतदान गर्न पाउनेछन् । उता, प्रदेश नं. ६ बाट ८ लाख ४६ हजार ९ सय ३३ जना मतदाताले मतदान गर्न पाउनेछन् । प्रदेश नं. ६ मा सबैभन्द्या बढि सुर्खेतबाट २ लाख ४ हजार ५ सय ७५ र सबैभन्दा कम डोल्पाबाट १८ हजार ७ सय ६७ जना मतदाता सुचिमा परेका छन् । यसैगरि, दैलेखबाट १ लाख ४९ हजार ९ सय ४४, सल्यानबाट १ लाख ३४ हजार २ सय १२, रुकुम पश्चिमबाट ८४ हजार ३०, जाजरकोटबाट ८३ हजार ९ सय ३६, कालीकोटबाट ६४ हजार ९ सय ६१ जना मतदाता रहेका छन् । यस्तै, जुम्लाबाट ५९ हजार ५८, मुगुबाट ३० हजार १५ र हुम्लाबाट २७ हजार ४ सय ३५ मतदाताले मतदान गर्न पाउने भएका हुन् ।

तपाईको प्रतिक्रिया