ताजा खबर :- दूध पिउनु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । तरपनि यदि दूधमा मह मिलाउनुहुन्छ भने यो अझ बढी फाइदाजनक हुन्छ । यति मात्र होइन, विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पनि दिन्छ । दूध र महको मिश्रणले हुने अति नै आश्चर्यजनक ५ फाइदा यस्ता छन् ।

१-दिनहुँ दूधमा मह मिलाएर पिउँदा शरीरिक र मानसिक स्वास्थ्यको लागि लाभाकारी हुन्छ । यसले दुवै प्रकारको क्षमतालाई बढाउन मद्दत गर्छ ।

२-यदि निन्द्रा नलाग्ने वा अनिन्द्राको समस्या छ भने राती सुत्नुअधि मनतातो दूधमा मह मिलाएर प्रयोग गर्नुहोस् । यसले निन्द्रा राम्रो लाग्ने र आराम महसूस गराउँछ ।

३-पाचन प्रणालीलाई सन्तुलित राख्नको लागि दूध र महको मिश्रण पिउनु एक राम्रो उपाय हो । यसले कब्जियतको समस्यालाई कम गर्छ ।

४-दूधमा प्रोटीन र क्याल्शियमको साथै अन्य आवश्यक पोषक तत्व हुन्छ भने मह प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ । दुवै मिलेर एक राम्रो स्वास्थ्य विकल्प सावित हुन्छ ।

५-तनावलाई कम गर्नको लागि यो निकै उपयोगी उपाय हो । यसको साथै हल्का मनतातो पानीमा मह मिलाएर पिउँदा प्रजनन क्षमता र शुक्राणुको संख्यामा वृद्धि हुन्छ ।

तपाईको प्रतिक्रिया