नेपालगन्ज १९ असोज । नेपालगन्जको सुर्खेतरोडस्थित गुरुद्वारा अगाडी रहेको सडकवत्तीको सोलार प्यानल चोरी भएको छ । प्यानल कहिले चोरी भएको हो भन्नेबारे सम्बद्ध कसैलाई पनि जानकारी छैन । तर दसैंकोबीचमा चोरी भएको स्थानीयबासीले वताएका छन् । सडकलाई रात्रिकालिन समयमा उज्ज्यालो पार्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले दुई बर्षअघि सडक वत्ती जडान गरेको थियो । यसअघि पनि धम्वोजी विपिचोक खण्डबीचबाट सडक सौर्यवतिको प्यानल चोरी भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका निरीक्षण शाखा प्रमुख पवन कनोजियाले यसबारेमा आफुलाई जानकारी नभएको र अनुगमन गरिने वताउनुभयो ।

तपाईको प्रतिक्रिया